Section 29D
भन्सार ऐन बमोजिमको मालवस्तु मानिने
(१) यस परिच्छेदको प्रयोजनका लागि मुद्रा तथा  धारक विनिमेय अधिकारपत्रलाई भन्सार सम्बन्धी प्रचलित कानून बमोजिमको मालवस्तु मानिनेछ । (२) यस परिच्छेद बमोजिम उद्घोषण गर्नु पर्ने मुद्रा तथा धारक विनिमेय अधिकारपत्रको जाँचबुझ, खानतलासी, रोक्का, जफत, पुनरावेदन तथा कारबाही सम्बन्धी अन्य व्यवस्था भन्सार सम्बन्धी प्रचलित कानून बमोजिम हुनेछ ।